भारतको बिहारमा बर्षा र चट्याङ लागेर २२ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको छ।

चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन्।

भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ।

सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-07-16 05:58:00

प्रतिकृया दिनुहोस्