‘अन्तरजातीय विवाह गरेकै कारण कति जना दलित युवा मर्नपर्ने हो ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले जातीय विभेद गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालीले पछिल्ला दिनहरुमा देशमा जातीय विभेदका घटना बढ्दै गएकोप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेका हुन्।

‘सम्माननीय सभामुख महोदय, बिरामी परेकोबेला रगत चल्छ तर जात नचल्ने किन हाम्रो समाजमा?’, उनले प्रश्न गर्दै जुम्लाको तातोपानी–४ गिड्डीखोलाका मुकेन्द्र नेपालीले गिरी थरकी किशोरीसँग दलित केटाले अन्तरजातीय विवाह गर्दा केटी पक्षले घर जनाएको घटनाप्रति ध्यानाकर्षण भएको बताए। सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।

‘नेपालको संविधान २०१९ ले निषेध गरेको जातीय छुवाछुतजन्य व्यवहार तथा नयाँ संविधान २०७२ ले जातीय भेदभावजन्य कार्यालाई जघन्य अपराध घोषणा गरेको अवस्थामा पछिल्लो समय यस्ता घटना बढ्दै गएकोमा हाम्रो गम्भीर ध्यानाकर्ष भएको छ’, सांसद नेपालीले भने, ‘यस्तो अमानवीय तथा क्रु अभियुक्तलाई प्रचलित कानुनअनसार कारबाहीको माग गर्दछौँ।’

त्यस्तै सांसद सीता मिजारले पनि ‘जुम्लामा भएको अन्तरजातीय विवाहपछि भएको घटना’बारे ध्यानकारण भएको बताइन्।

‘अन्तरजातीय विवाह गरेकै करण कति जना दलित युवाले ज्यान र धन गुमाउनुपर्ने हो?, आफू र आफ्नो परिवारको ज्यान बचाउनको लागि अझै कति जनाले आफ्नो बस्ती छाडेर भग्नुपर्ने हो? के यो राज्यको कानुन र समाजको चेतनामा ग्रहण लागेको हो?’, सांसद मिजारले भनिन्, ‘अन्यथा दलित समुदायमाथि किन दोस्रो दर्जाको व्यवाहर गरिन्छ?’


अन्तरजातीय विवाह गरेको चार दिनपछि ‘केटाको घरमा दन्कियो आगो’

‘अन्तरजातीय विवाह हुँदा मात्रै बालविवाहको प्रश्न ?’

अन्तरजातीय विवाह गर्ने दलित केटाको घरमा आगो लगाउने विरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति: : 2023-07-14 15:38:00

प्रतिकृया दिनुहोस्