इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे बिदाइ

शनि शाक्य

काठमाडौं

श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको खेल्न जाने नेपाली राष्टिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान एक कार्यक्रमकाे आयोजना गरेर टोलीलाई बिदाइ गरेको हो। आगामी जुलाई १३ देखि २३ सम्म आयोजना हुने इमर्जिङ टिम्स एसिया कपका लागि टोली आजै श्रीलंका प्रस्थान गर्न लागेका हुन्।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तानसँग खेल्दै छ।

नेपालका स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी-२० लिग क्यानडा खेल्न जाने भएकाले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्। त्यस्तै, सोमबार क्यानले आरिफ शेखको स्थानमा पवन सर्राफलाई राखेको छ।

प्रकाशित मिति: : 2023-07-10 11:29:00

प्रतिकृया दिनुहोस्