इरानमा सिराज दरगाहमा गोली काण्डमा दोषी ठहर गर्दै दुई जनालाई फाँसीको सजाय

इरानको दक्षिणी शहर शिराजस्थित एक धार्मिक स्थलमा गत वर्ष भएको गोली काण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुई जनालाई सार्वजनिक स्थानमा फाँसी दिने फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ।

गत अक्टोबर २६ मा शाह चेरागको शिया मुस्लिम दरगाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए।

'शाह चेराग आतङ्कवादी हमलाका दुई जना दोषीलाई आज बिहान सार्वजनिक रूपमा मृत्यु दण्डको सजाय सुनाइएको छ,' न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ।

सरकारी समाचार संस्था इरनाका अनुसार अदालतको फैसला अनुसार फारस प्रान्तको राजधानी शिराजस्थित दरगाह नजिकैको सडकमा उनीहरूलाई झुण्ड्याइएको छ। मिजानका अनुसार फाँसी दिइएकाहरू मोहम्मद रमेज रशीदी र नईम हाशेम कताली रहेका छन्। 

इरानले यसअघि उक्त आक्रमणमा छिमेकी अफगानिस्तानलगायत अन्य मुलुकका नागरिक संलग्न रहेको बताएको थियो तर मृत्युदण्ड दिइएका व्यक्तिको राष्ट्रियता तत्काल सार्वजनिक गरिएको थिएन।

अफगानिस्तान र पाकिस्तानसँग सीमा जोडिएको इरानको उक्त क्षेत्र अशान्तिको केन्द्र बनेको र शनिबार चार जना आक्रमणकारीले सुन्नी बाहुल्य रहेको शहर जाहेदानमा दुई इरानी प्रहरीको हत्या गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। रासस/सिन्ह्वा

 

प्रकाशित मिति: : 2023-07-09 05:43:00

प्रतिकृया दिनुहोस्