दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना

बिएल संवाददाता

नयाँ दिल्ली

 भारतको संघीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन्।

भारतका संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन्।

मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र यसलाई राष्ट्रिय राजमार्ग (एनएच)–३० को खण्ड २३ मा व्यापक समाधानको रूपमा स्थापित गरिनेछ।

'बाँसको प्रयोग गरेर निर्माण गरिएको गाईवस्तुको तारबारले पूर्ण रूपमा प्रभावकारी र वातावरणमैत्री समाधान प्रदान गर्दछ,' गडकरीले भने।

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ। हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन्।

भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति: : 2023-07-07 05:34:00

प्रतिकृया दिनुहोस्