अन्नपूर्ण पोष्ट
विशेष अदालतबाट हदम्यादको कारण देखाएपछि पूर्वगृहसचिव पदमप्रसाद पोखरेल पनि उम्किए। २०६४ जेठ २४ गते विशेष अदालतले गरेको निर्णयविरुद्ध अख्तियार सर्वोच्च गयो। सर्वोच्चले तथ्यमा प्रवेश गरी फैसला गर्न विशेषलाई आदेश दियो। त्यसपछि विशेषले २०६९ असोज १८ गते पोखरेललाई पनि भ्रष्टाचारी ठहर गर्यो।
हदम्यादको तगारो देखाउँदै विशेष अदालतले भ्रष्टाचार मुद्दामा गरेका केही त्रुटिपूर्ण आदेश हुन् यी। पूर्वप्रहरी महानिरीक्षकद्वय मोतीलाल बोहरा र अच्यूतकृष्ण खरेललगायत सार्वजनिक ओहोदामा बसेका विभिन्न व्यक्तिविरुद्धका भ्रष्टाचारका मुद्दा पनि विशेष अदालतले हदम्याद देखाउँदै मुद्दा नै खारेज गरेको थियो। तर, सर्वोच्चले भ्रष्टाचारसम्बन्धी कतिपय मुद्दामा तथ्यभित्र प्रवेश नै नगरी विशेष अदालतले अभियोगपत्रको तथ्यलाई बंग्याएको ठहर गरेको छ। हदम्यादमा टेकेर सफाइ दिइएका मुद्दामा कानुन र व्याख्यासम्बन्धी मान्य सिद्धान्तविपरीत विशेषले मुद्दा खारेज गरेको भन्दै सर्वोच्चले ती मुद्दा विशेषमै फिर्ता गरेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया