ब्रान्ड भनेको सामान्य स्लोगन वा नारा मात्र होइन । यो त सम्बन्धित पक्षलाई उक्त कम्पनीको वस्तु तथा सेवासँग जोडिन महसुस गराउने बृहत् लक्ष्य हो । ब्रान्डिङ निरन्तरको प्रयास र प्रतिबद्धता हो ।
२०६१ सालमा बीएफ डियर हिल्स सुजको ब्रान्ड सुरु गर्दैगर्दा होमनाथ उपाध्याय ब्रान्डप्रति खासै जानकार थिएनन् । त्यसबेला नेपाली उत्पादनभन्दा विदेशी उत्पादनप्रति नेपालीको आकर्षण थियो । त्यसैले होमनाथ नेपाली नाम राखियो भने जुत्ता बिक्दैन भनेर अंग्रेजी नाम अर्थात् बीएफ डियर हिल्स नाममा जुत्ता उत्पादनको सुर गरे । नभन्दै छोटो समयमै बीएफ डियर हिल्स युवापुस्तामा लोकप्रिय बन्यो ।