इजरायलले जेनिनमा हवाई आक्रमण गर्दा तीन प्यालेस्टिनीको मृत्यु

इजरायलले वेस्ट ब्याङ्कस्थित जेनिन शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा कम्तीमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरेली सेनाले पश्चिमी किनाराको जेनिन शहरमा हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएकाे स्थानीय बासिन्दाले जनाएका छन्।

इजरायलले सोमबार बिहान जेनिनमा कम्तीमा १० वटा हवाई आक्रमण गरेको र भवनको भग्नावशेषबाट धुवाँ निस्किएको अधिकारीहरूले दाबी गरेका छन्।

'एकातिरबाट हवाई बमबारी जारी छ। अनि, जमिनबाट समेत उस्तै आक्रमण भइरहेको छ,' जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल–सादीले भने', उनले भने, 'धेरै घर र स्थानमा बमबारी भएको छ। जताततैबाट धुवाँ छ।'

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको पुष्टि गरेकाे छ। 'शरणार्थी शिविरमा जे भइरहेको छ, त्यो वास्तविक युद्ध हो,' प्यालेस्टाइनी एम्बुलेन्स चालक खालिद अलाहमादले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्।

त्यस्तै, वेस्ट ब्याङ्ककाे अर्काे शहर रामल्लाह नजिकै इजरेली सेनाकाे गोली लागेर २१ वर्षीय प्यालेस्टिनी युवकको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

सन् २००६ पछि यस क्षेत्रमा पहिलो पटक इजरेली ड्रोन आक्रमण, जेनिन र उत्तरी प्यालेस्टाइनी क्षेत्रमा बढ्दो सैन्य आक्रमण र प्यालेस्टिनी गाउँबस्तीमा निरन्तर अशान्ति छाइरहेकाे छ।

प्रकाशित मिति: : 2023-07-03 11:29:00

प्रतिकृया दिनुहोस्