नोरा फतेहीको फिटनेशको टिप्सः ‘बेली’ डान्स गर्नुस् ! 

Image: nora fatehi/facebook
Image: nora fatehi/facebook

बलिउडकी नोरा फतेही डान्स र सुन्दरताको कारण कयौँ दशक घायल छन्। साथै उनको स्टाइलले पनि धेरैलाई ‘फेन्स’ बनाएको छ। उनी फिटनेश अभिनेत्रीहरू मध्येकी एक हुन्, जो आफ्नो फिटनेशको कारण चर्चामा छिन्। आफूलाई फिट राखेर दर्शकलाई मनोरन्जन दिने उनी अक्सर आफ्नो फिटनेशको टिप्स दिइरहन्छिन्। 


नोरा फतेही आफ्नो मेहनतको कारण आफूलाई बलिउडमा स्थापित गर्न सफल भएकी छिन्। उनले आफ्नो डान्सको कारण कयौंलाई घायल पनि बनाइसकेकी छिन्। उनी अक्सर आफूले डान्स गरेको भिडियो सेयर गरिरहन्छिन्। 

पातलो कम्मर मड्काएर दर्शकलाई घायल बनाउने उनको फिटनेशको रहस्य को चाहिँ जान्न चाहदैनन् र? तर उनी कुनै जिम पर्सन होइनन्। 

मिडिया रिर्पोटका अनुसार उनी नियमित रुपमा जिम जादिनन्। किनकी उनी सजिलोसँग आफ्नो तौल घटाउन सक्छिन्। तर उनलाई व्यायाम गर्न मनपर्छ। त्यसका साथै उनी डान्स गर्छिन्। उनी बेली डान्सको शौखिन छिन्। 

उनी आफ्नो तौललाई कम राख्न डान्स गर्न पनि सुझाउँछिन्। त्योसँगै उनी कुनै डाइटलाई पछ्याउदिनन्। उनी पिज्जा, बर्गरलगायतका जंग फूड खान्छिन्। तर उनी शरीरलाई चाहिने पानी पिउँछिन्। त्यसका साथ उनी नरिवल पानी पनि पिउने गर्छिन्। 

प्रकाशित मिति: : 2023-08-06 22:00:00

प्रतिकृया दिनुहोस्