सीआईबीले खोल्यो ललिता प्रकरणको फाइल : ७ पक्राउ, ४ सय दोषी

भ्रष्टाचारको अर्को चर्चित काण्ड हो– ललिता निवास जग्गा हिनामिना। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा हिनामिना गर्नेलाई अनुसन्धानको दायरामा ल्याएको छ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले। उसले मंगलबार ७ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। जसमा पूर्वनिर्वाचन आयुक्त सुधीर शाहदेखि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएका व्यक्तिलाई पनि सीआईबीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको हो। सीआईबी प्रवक्ता नवराज अधिकारीले दोषी देखिएका ७ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए। सीआईबीले नयाँ शिराबाट ललिता निवास प्रकरणको अनुसन्धान अघि बढाएको जनाएको छ। 

प्रकाशित मिति: : 2023-06-28 10:23:00

प्रतिकृया दिनुहोस्