अघिल्लो वर्षभन्दा घट्यो ललितपुर महानगरपालिकाको बजेट

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ। तेस्रो नगर सभामार्फत आइतबार उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गत वर्षभन्दा कम बजेट नगरसभामा प्रस्तुत गिरन्। 

गएकाे वर्ष ललितपुर महानगरले ७ अर्ब ५० कराेड  ३५ लाख ३ हजार बजेट ल्याएकाे थियाे। तर आगामी वर्ष ०८०/८१ का लागि अनुदानमा कमी, राजस्वमा कमी आएकाे भन्दै महानगरले मात्र ६ अर्ब ५० कराेड ५ लाख ८८ हजारकाे बजेट ल्याएकाे उपप्रमुख बज्राचार्यले बताइन।

उक्त बजेटमध्ये पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु खर्चतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार विनियोजन भएकाे छ। बजेटको स्रोत व्यवस्थापन संघीय सरकारबाट १ अर्ब ३४ करोड ४ लाख ६ हजार र बागमती प्रदेश सरकारबाट २२ करोड ७४ लाख ८२ हजार प्राप्त हुने भएको छ। त्यस्तै अन्तर सरकारी अख्तियारीबाट ६६ करोड १५ लाख प्रप्त हुने र विकास निमार्ण जनसहभागिता वाट ८ बराबरको सहभागिताको अपेक्षा लिएको छ।

उपप्रमुख बज्राचार्यले वित्तीय समानीकरण अनुदान, मालपोत कार्यलयबाट प्राप्त हुने रजिष्ट्रेशन शुल्क लगायतमा कमी आउने देखिएकाले गत वर्षकाे तुलनामा आगामी आवका लागि  १३.३६ प्रतिशत बजेत कम ल्याइएकाे बताइन्।

प्रकाशित मिति: : 2023-06-25 20:23:00

प्रतिकृया दिनुहोस्