पोखरा एयरपोर्टबारे चीनको बारम्बार व्यर्थको दाबी

चीनले फेरि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)अन्तर्गतको परियोजना भनी दाबी गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अन्तर्राष्ट्रिय उडानपछि आयोजित कार्यक्रममा चीनका राजदूत छन सोङले यो एयरपोर्ट बीआरआईअन्तर्गत बनेको दाबी गरे। जबकि नेपालले बीआरआईअन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गर्दै आएको छ। 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो,’ राजदूत सोङले भने, ‘यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो। यो बीआरआई परियोजनाअन्तर्गतको हो।’ यसअघि गत पुसमा विमानस्थल उद्घाटन कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले पनि पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी बीआरआईअन्तर्गत भएको दाबी गरेका थिए।

प्रकाशित मिति: : 2023-06-22 08:02:00

प्रतिकृया दिनुहोस्