आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानुनी र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै निर्णय खारेज गर्न माग गर्दै उनले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। उक्त रिटकाे सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि वि.सं. २०७७ असोज २० गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले आक्रमण गरेका थिए। उनीमाथि आक्रमण गर्ने हरि आचार्य र महासचिव योगेन्द्रविरुद्ध जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर भएको थियो। तर मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको थियाे।
आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयपछि न्याय नपाएकाे भन्दै उनले आमरण अनसनसमेत सुरु गरेका थिए।