यो देश गरीब हैन, गरीब बनाइएको हाे: केपी शर्मा 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीभन्दा एमाले फरक भएकाे बताएका छन्।

पार्टी कार्यालय च्यासल पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य पार्टी छोडेर आउनेहरू उता बार्गेङ गर्ने तर आफूहरुले देश र जनताको लागि काम गर्ने बताए।

उनले चुनाव कुन पार्टीले हार्छ-जित्छ भन्ने कुराकाे महत्व नभइ देश र जनताले जित्नुपर्ने जिकिर गरे।

‘चुनाव कुन पार्टीले हार्छ, कुन पार्टीले जित्छ महत्व हैन, देश र जनताले जित्नुपर्छ’, ओलीले भने, ‘अरू पार्टीभन्दा एमाले फरक छ। अन्य पार्टी छोडेर आउनेहरू उता बार्गेङ गर्छन् तर हामीले देश र जनताको लागि काम गर्छौँ।’

यो देशलाई गरीब बनाइएको भन्दै उनले भने, ‘यो देश गरीब हैन, गरीब बनाइएको छ। हाम्रो जस्तो देश गरीब बनाएको हो। परिवर्तन गर्न हामी सक्छौँ। स्वाधिनता र स्वाभिमानका लागि मानिसले देश र जनताको निम्ति काम गर्न लोकतन्त्रको शासन, जनताको शासन चाहिन्छ।’

देश र जनतालाई गरीब बनाउने तत्वहरूले भ्रम फैसाइरहेकाे भन्दै उनले त्यस्ता तत्वहरूबाट भ्रममुक्त भएर एमालेमा जोडिन आग्रह गरे।

‘हाम्रो देश र जनतालाई गरीब बनाउने तत्वहरूले भ्रम फैसाइरहेका छ। सबै देश बनाउने अभियानमा जुटौँ। गरीब बनाउने तत्वहरूबाट भ्रममुक्त भएर एमालेमा जोडिनुस्। हामी परिवर्तन गर्न सक्छौँ, नअल्मलिनुस्’, पूर्वपधानमन्त्रीसमेत रहेका ओलीले भने। 

प्रकाशित मिति: : 2023-06-21 13:03:00

प्रतिकृया दिनुहोस्