पाकिस्तानको भाकर अदालतमा गोली चल्दा दुई जना घाइते

पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो। मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल  पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ। पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ।

घटनाको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2023-06-20 06:43:00

प्रतिकृया दिनुहोस्