आन्तरिक ऋण अनुकूलन रणनीतिलाई अन्तिम रूप दिइ सकिएको छैनः श्रीलङ्का

श्रीलङ्काका वित्त राज्यमन्त्री शेहान सेमासिंघेले आइतबार घरेलु ऋण अनुकूलनका सम्बन्धमा अपरिपक्व अड्कलबाजी नगर्न आग्रह गरेका छन्। उनले आन्तरिक ऋण अनुकूलनको रणनीति अझै अन्तिम चरणमा पुगिनसकेको बताए।

कोलम्बोमा सञ्चारकर्मीसँग कुरा गर्दै सेमासिंघेले बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए भने यस विषयमा जिम्मेवार र लगनशील छलफल गर्न आग्रह गरे।

उनले अपरिपक्व अनुमानहरूले बजारको विश्वासलाई कमजोर पार्न सक्ने बताए।

उक्त अवसरमा सेमासिंघेले ऋण पुनर्संरचना प्रयासका लागि द्विपक्षीय ऋणदाताहरूसँग संलग्न हुने प्रगतिमाथि प्रकाश पारेका थिए।

राज्यमन्त्रीले यी संलग्नताहरूले समग्र स्थिरतामा योगदान पुर्‍याउने अनुकूल सम्झौताहरू हुने आशा व्यक्त गरे।

यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेले पनि सार्वजनिक बैंक निक्षेपको सुरक्षा र आन्तरिक ऋणको पुनर्संरचनामा बैंकिङ प्रणालीको स्थायित्वको बारेमा जनतालाई आश्वस्त पारे।

एक सार्वजनिक मञ्चलाई सम्बोधन गर्दै वीरासिंघेले वित्तीय क्षेत्रको स्थायित्व केन्द्रीय बैंकको प्रमुख उद्देश्य भएको र सार्वजनिक निक्षेपको सुरक्षा र बैंकिङ प्रणालीको समग्र स्थिरता सुनिश्चित गर्न उपायहरू अपनाइनेमा जोड दिए।

प्रकाशित मिति: : 2023-06-19 05:50:00

प्रतिकृया दिनुहोस्