नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर १ हजार ९ सय ८० दशमलव शून्य नौ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलव ५२ अङ्कमा पुगेको छ।

कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ मूल्यमा कारोबार भएको छ। आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार छ सय ९१ बराबर पुगेको छ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको रु. ११ करोड ४७ लाख २४ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्ट रु. १० करोड ८७ लाख ७५ हजार ५ सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु. १० करोड ६८ लाख ५० हजार ६ सय ३१, नेपाल दूरसञ्चार कम्पनी रु. ८ करोड १२ लाख ६४ हजार ९ सय ५४ र नेपाल पुनरबीमा कम्पनी रु. ७ करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेकाअनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ। गुह्यश्वरी मर्चेण्ट बैंक ८ दशमलव ७०, रिलायन्स फाइनान्स ८ दशमलव ३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले आठ दशमलव ३१ प्रतिशतले कमाएका छन्।

यस्तै ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ३ दशमलव ८३, मेगा म्युचुअल फण्ड पहिलो २ दशमलव ५३, मनकामना स्मार्ट लघुवित्त दुई दशमलव ५१, एनआइसी एशिया सेलेक्ट फण्ड दुई दशमलव ४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले एक दशमलव ९४ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: : 2023-06-11 16:10:00

प्रतिकृया दिनुहोस्