सुन्दर कपाल कसरी बनाउने?

Hairstyles.com
Hairstyles.com

कालो,लामो सर्लक्का परेको कपाल कसलाई मन नपर्ला र? सबै केटी मानिसहरु आफनो कपाल सर्लक्क, लामो कालो होस् भन्ने चाहान्छन्। तर, विभिन्न कारणले हाम्रो कपाल राम्रो भएको हुदैन। कपाललाई  बाक्लो  र लामो बनाईराख्न सर्वप्रथम कपालको हेरचाह गर्नुपर्दछ। आउनुहोस् जानी राखौँ, सुन्दर कपाल बनाउने उपायहरु।

१.चिसो पानीले नुहाउने

हामीमध्ये धेरैको बानी हुन्छ सक्छ तातो पानीले नुहाउने। जाडो समयमा तातो पानीले नुहाउँदा हामी चिसो महसुस त नगरौँला, तर कपालमा भने तातो पानीले असर पु¥याउँछ। तातोपानीले कपाल नुहाउँदा कपाल झर्ने तथा टुक्रने  समस्या हुन्छ। त्यसकारण कपाल नुहाउँदा सकभर चिसो पानीकौ प्रयोग गर्नुपर्छ। 

२. हप्तामा दुईदेखि तीन नुहाउने

हाम्रो शरिरको एक महत्वपूर्ण अंग मध्ये कपाल पनि एका हो। त्यसकारण कपाललाई पनि समयसयमा ध्यान दिन जरुरी छ। धेरै जसो मानिसहरु कपाल फोहोर भएपछि मात्र नुहाउने गर्छन्। तर कपाल स्वास्थ्य राख्नु छ भने हप्ता कम्तिमा पनि दुई–तिन पटक नुहाउने गर्नुपर्दछ। जसले कपालकाे फाेहाेर पखाल्छ र कपाल बढ्न मद्धत गर्दछ।

३. हप्तामा एक पटक टाउको मालिस गर्ने

प्रायःमहिलाहरु नुहाउनु दुई तिन घण्टा अघि कपालमा तेल हालेर मालिस गर्ने गर्छन्। तर टाउको मालिस भने विरालौ मात्रामा गर्छन्। कपाल सुन्दर राख्नु छ भने, हप्तामा एक पटक तेल राखेर मज्जासँग टाउको मालिस गर्नुपर्छ। जसले कपालको जराजरा सम्म पुग्छ र कपालले वृद्धि र विकाशका लागी सहयोग गर्छ।

 ४. फलफुल प्रशस्त्र मात्रामा खाने
फलफुल आएर पनि हामीले कपाललाई स्वास्थ्य राख्न सक्छाैँ। जसको लागी एभोगाडो, मेवा र केरा, स्याउ, अनार खान सकिन्छ। यी फलफुलमा भएका मिनीरल्स तथा भिटामिनले कपाल स्वास्थ्य राख्न मद्धत गर्दछ। 

 

प्रकाशित मिति: : 2023-06-11 21:50:00

प्रतिकृया दिनुहोस्