मदनमणि तिमिल्सिना
फेवा फाँटलाई सिमसार भनिएपनि पोखरा महानगरपालिकाले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानीय आक्रोसित बनेका छन्। महानगरले ‘कोहीलाई काखा, कोहीलाई पाखा’ गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्नेसम्मको तयारी गरेका छन्।
सिमसार भनिएर रोकिएको फेवा फाँट महानगरकाे प्रमुखमा धनराज आचार्य निर्वाचित भएर आएपछि कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही व्यक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि स्थानीयको जग्गा होचो भागमा परी वर्षायाममा पानी जमेर खेती गर्न समेत नमिलेको उनीहरुको महानगरसमक्ष गुनासो छ।
स्थानीय कुलप्रसाद तिमिल्सिनाले आफूहरुले वर्षौँदेखि भोगचलन गर्दै आएको फेवा फाँटमा गत वर्षदेखि खेतीपाती गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन्। फेवा फाँटमा महानगरकै कारण केही व्यक्तिहरुले माटो पुरेर प्लटिङ बनाएपछि आफूहरुको जग्गा होचो भागमा परी वर्षायाममा पानी जमेर पोखरी बन्ने गरेकै कारण धान रोप्न नपाएको उनको गुनासो छ।
प्लटिङसंगैको जग्गामा आफूले पनि माटोले पुरेर खेती गर्न पाउनुपर्ने उनको माग छ। त्यही विषय लिएर महानगरमा जाँदा तिमिल्सिनाले आफूहरुको जग्गा सिमसारमा पर्ने भएकाले माटो पुर्न नमिल्ने भनेर मेयरले पटकपटक फर्काएको बताए। ‘वर्षायाम सुरु हुन लाग्यो, अब हाम्रो जग्गा डुवानमा पर्छ। त्यसैले अब हामीले पोखरीमा धान रोप्न सक्दैनौँ। बरु महानगरविरुद्ध आन्दोलन गर्छौँ’, तिमिल्सिनाले भने।
तिमिल्सिनाकाे मात्रै हैन, उनकाे जस्ताे फेवा फाँटमा दुई दर्जन स्थानीयको जग्गा प्लटिङकै कारण डुवानमा परेको छ। उनीहरुको गुनासो एउटै छ, प्लटिङ गरेको उचाइ बराबर माटोले पुरेर खेती गर्न पाउनुपर्छ।
स्थानीय निर्मला तिमिल्सिनाले आफ्नो जग्गा प्लटिङकै कारण डुबानमा परेको भन्दै पटकपटक महानगरमा गुनासो गर्न पुगेको भएतापनि महानगरले एउटैमात्र जवाफ दिने गरेको बताइन्। प्रत्येक पटक महानगरमा पुग्दा आफूहरुको जग्गालाई सिमसार भएकै कारण माटोले पुर्न नपाउने जवाफ महानगरबाट पाउने गरेको तिमिल्सिनाले बताइन्।
महानगरले एउटै कित्ताको जग्गामा ‘कोहीलाई काखा र कोहीलाई पाखा’ गर्ने गरी निर्णय गर्नु गलत भएको बताउँदै निर्मला भन्छिन्, ‘संगैको सधियार जग्गामा प्लटिङ गर्न पाउने हामीले प्लटिङकै कारण डुबानमा परेको जग्गा पुरेर खेती गर्छु भन्दा नपाउने कस्तो नियम हो?’
फेवा फाँटकै स्थानीय देवीलाल लामिछाने महानगरले पछिल्लो समय स्टन्ट बाजी गरेको बताए। पुस्तौँदेखि भोगचलन गर्दै आएको प्राकृतिक रुपमा भएको जग्गालाई तीन खेतीको रुपमा उपभोग गर्दै आइरहँदा प्लटिङकै कारण धान खेती गर्न नपाएको बताउँछन्।
पुर्जा एउटै भएपनि महानगरले फरकफरक नीति लागु गर्दा आफूहरु फेवाताल पुर्ने मतियारको रुपमा चिनिएको बताउँदै आफूहरु फेवा संरक्षणमै लागिरहेको र प्लटिङ र बाँकी रहेका जग्गालाई एकै रुपमा हेर्नुपर्ने बताए। उनले आफूहरुमाथि परेको अन्यायको विरुद्ध आन्दोलनमा जानेसमेत चेतावनी दिए।
महानगरको ज्यादती खेप्दै आएका भन्दै व्यवसायी युवराज खतिवडाले आवास क्षत्रमा माटो हाल्दै गर्दा आफ्नाे डोज, टिपर बारम्बार समात्ने गरेको बताए। महानगरले दुईवटा नियम लागु गरेर आफूलाई दुख दिइरहेको उनको भनाइ छ।
यता, मालपोत कार्यलय कास्कीका प्रमुख रामचन्द्र अधिकारीले सिमसार भनिने क्षेत्र पटकपटक विवादमा आउने गरेकाे बताए।
सरोकार वालाहरु सबै सिमसार क्षेत्र भनिएको ठाउँमा पुग्दा जग्गा प्लटिङ र पुर्न खोजिएको देखेपछि मालपोतमा सोधनी भएपछि महानगरले खण्डीकरण गरेको अभिलेख हेर्दा सिमसार क्षेत्र भनेर खण्डीकरण गरेको नदेखिएको उनी बताउँछन्।
विभिन्न १० वटा क्षेत्रमा भू-उपयोग ऐन नियमावलीमा महानगरले खण्डीकरण तोक्दा आवास र कृषि देखिएको तथा कुनैपनि क्षेत्रमा सिमसार नदेखिएको अधिकारीले बताए। स्थानीय तहको आफ्नो स्वायत्त अधिकार भएतापनि सिमसार भनेर नदेखिएकै कारण उक्त क्षेत्र सिमसार नभएको उनको भनाइ रहेको थियो।
देख्दा ओसिलो सिमसार जस्तो देखिएतापनि कानुनत: सिमसार नदेखिएको अधिकारीले बताए। स्थानीयले निश्चित नियम कानुनको पालना गरेको खण्डमा विवाद नआउने उनको दाबी छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया