बाँके जिल्लामा दादुरा आउटब्रेक भएको समाचार पछिको साढे पाँच महिनामा मात्रै नेपालभर ११ सय बालबालिकामा सङ्क्रमण पुष्टि भएकोे छ ।
पाँच महिनाको अवधिमा १७ जिल्लामा दादुरा–रुबेलाका बिरामी देखिएका छन् । सरकारले प्रभावित ९ जिल्लामा आजबाट खोप दिने अभियान सञ्चालन गरेकाे छ । यसै क्रममा काठमाडौँ उपत्यकामा ४ जना बालबालिकामा दादुरा पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।