स्याङ्जामा गाडी दुर्घटना: एक जनाको मृत्यु, ३ जना घाइते

जिल्ला समन्वय समिति (जिसस) स्याङ्जाको स्कारपियो दुर्घटनामा परेको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा दुर्घटना हुँदा स्कारपियो चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालकाअनुसार स्याङ्जाको सिरुवारीबाट सदरमुकामतर्फ फर्कंदै गरेको बा १ झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन्। 

दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन्। 

बुधबार साँझ गाडी दुर्घटना हुँदा सडकबाट तल खसेको छ। 

प्रकाशित मिति: : 2023-06-08 06:47:00

प्रतिकृया दिनुहोस्