बिएल संवाददाता
सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले सातोबाटो युथ क्लबमाथि सहज जित निकालेकाे छ।
बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातोबाटो मछिन्द्रसँग ३-१ ले पराजय भयो। मछिन्द्रको जितका लागि आफिज ओलावालेले ह्याट्रिक गरे। खेलको १७औँ मिनेटमा ओलावालेले गोल गरेर मछिन्द्रलाई अग्रता दिलाए। त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा ओलावाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलाई २-० बनाए।
खेलको ५६औँ मिनेटमा ओलावालेले ह्याट्रिक गरे उनले मछिन्द्रलाई ३-० को अग्रता दिलाए। यता, खेलको ८४औँ मिनेटमा सातोबाटोको लागि जोर्डन पुन मगरले गोल गरे।
यस जितसँगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेर खेल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने सातोबाटो २३ खेलमा २९ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया