बिएल संवाददाता
सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहा गरिएको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कहिलेकाहीँ केही अप्रिय लाग्ने घटनाको बाध्यात्मक अवस्था आएको कारणले मुलुकलाई निकास दिनका लागि रिहाइको निर्णय गरिएको स्पष्ट पारे।
मन्त्री लिम्बूले थरुहट आन्दोलनका समयमा चौधरी संलग्न थियो कि थिएन यो महत्वपूर्ण भएको हो भन्दै यसैका आधारमा सरकारले निर्णय गरेको जानकारी दिए। उनले उक्त घटनामा परिवारका सदस्य गुमाएका परिवारलाई पुगेको दुःख अनुभव गरेको भन्दै पूर्ववर्ती सरकारले समेत चौधरीलाई छोड्ने तयारी गरेको अवस्थामा वर्तमान सरकारले कार्यान्वयन मात्र गरेको बताए।
मन्त्री लिम्बूले युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा पार्नका लागि समयानुकूल ऐन नियम परिमार्जन गरी अगाडि बढ्ने धारणा राखे। उनले ठूलो युवा समूहसँग जोडिएको यो मन्त्रालयलाई आगामी दिन सुधार गरी लैजाने स्पष्ट पारे।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया