बिएल संवाददाता
कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
टीकापुर घटनामा मारिएका प्रहरी केशव बोहोराकी श्रीमती शारदा बोहोराले चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन्। उक्त रिट निवेदनका लागि बुधबार पेसी तोकिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार गणतन्त्र दिवसका अवसरमा कैद सजाय माफी गरेपछि डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
वि.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो।
राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया