
बिएल संवाददाता
कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
टीकापुर घटनामा मारिएका प्रहरी केशव बोहोराकी श्रीमती शारदा बोहोराले चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन्। उक्त रिट निवेदनका लागि बुधबार पेसी तोकिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार गणतन्त्र दिवसका अवसरमा कैद सजाय माफी गरेपछि डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
वि.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो।
राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिएका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया