
बिएल संवाददाता
सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहा गरिएको बताएका छन्।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले कहिलेकाहीँ केही अप्रिय लाग्ने घटनाको बाध्यात्मक अवस्था आएको कारणले मुलुकलाई निकास दिनका लागि रिहाइको निर्णय गरिएको स्पष्ट पारे।
मन्त्री लिम्बुले थरुहट आन्दोलनका समयमा चौधरी संलग्न थियो कि थिएन, यो महत्वपूर्ण भएको हो भन्दै यसैका आधारमा सरकारले निर्णय गरेको जानकारी दिए।
उनले उक्त्त घटनामा परिवारका सदस्य गुमाएका परिवारलाई पुगेको दुःख अनुभव गरेको भन्दै पूर्ववती सरकारले समेत चौधरीलाई छोड्ने तयारी गरेको अवस्थामा वर्तमान सरकारले कार्यान्वयन मात्र गरेको बताए।
मन्त्री लिम्बुले युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा पार्नका लागि समयानुकुल ऐन नियम परिमार्जन गरी अगाडि बढ्ने धारणा राखे। उनले ठूलो युवा समूहसँग जोडिएको यो मन्त्रालयलाई आगामि दिन सुधार गरी लैजाने स्पष्ट पारे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया