नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान सुरू (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूकाे जिल्ला अदालत काठमाडौंमा बयान सुरू भएकाे छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान लिन सुरू भएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरू भएको छ।

सरकारी वकिल कार्यालयले बुधबार शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियाे। आजदेखि अदालतमा प्रारम्भिक चरणमा बयान सुरू भएकाे हाे। त्यसपछि थुनछेक बहस हुन्छ।

मुद्दा दर्ता भएका ३० जनामध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन्।

दर्ता गरिएको मुद्दामा उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ। सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ।

जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध रु २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ। सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ।

प्रकाशित मिति: : 2023-05-26 13:59:00

प्रतिकृया दिनुहोस्