सनीराज शाक्य
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूकाे जिल्ला अदालत काठमाडौंमा बयान सुरू भएकाे छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान लिन सुरू भएको हो।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरू भएको छ।
सरकारी वकिल कार्यालयले बुधबार शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियाे। आजदेखि अदालतमा प्रारम्भिक चरणमा बयान सुरू भएकाे हाे। त्यसपछि थुनछेक बहस हुन्छ।
मुद्दा दर्ता भएका ३० जनामध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन्।
दर्ता गरिएको मुद्दामा उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ। सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ।
जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध रु २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ। सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ।












पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया