राष्ट्रपति पौडेलको उपस्थितिमा देखाइयाे भोटो (तस्बिरहरू)

शनि शाक्य

ललितपुर

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।

जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटो जात्राकाे अवसरमा भोटो देखाइएको हाे।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन्।

जात्रामा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ। 

प्रकाशित मिति: : 2023-05-25 16:52:00

प्रतिकृया दिनुहोस्