चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै

BreaknLinks
BreaknLinks

चलचित्र ‘टुल्की’ यही जेठ १२ गते (शुक्रबार)देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनीमा आउने भएको छ। बुधबार काठमाडाैँमा एक पत्रकार सम्मेलन गर्दै टुल्की चलचित्र समूहले साे जानकारी गराएकाे हाे।

निर्माण समूहकाअनुसार डोल्पाको फोक्सुन्डो, रिपुराकोट रल्ली करेलीकाँडालगायतका पर्यटकीय गाउँवस्तीमा छायांकन गरिएकाे साे चलचित्र बहुपति प्रथामा आधारित छ। टुल्कीका निर्देशक देव थापाले पत्रकार सम्मेलनमा भने,‘नेपालको डोल्पा, हुम्ला, मुगु मुस्ताङ गोर्खालगायतका हिमाली जिल्लामा कायमै रहेको बहुपति प्रथालाई आधरित गरेर टुल्कीमार्फत् देखाउन खोजेका छौँ।’

चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायतलगायतका कलाकारको अभिनय रहेको छ।

शेखर लामाको प्रस्तुति रहेकाे यस चलचित्रको निर्मातामा आरपी कर्माचार्य र उजेली लामा रहेका छन्। भने, बाबुलाल लामा कार्यकारी निर्माता हुन्।

चलचित्रलाई सुशील अधिकारी र नमराज घिमिरेले छायांकन गरेका छ्न। सम्पादनमा तारा किम्भे थापा, संगीतकार तथा गीतकारमा जानेन्द्र गिरी र रोहित देउवा रहेका छन्। चलचित्रमा रेखा जोशी, हरिना नाथ र रोहित देउवाको स्वरमा गीत समावेश रहेका छन्। भने, टुल्कीमा पाससंगीत सन्जिव सुब्बाले दिएका छन्। यस चलचित्रको कथा लक्ष्मण सुनारले र पटकथा संवाद लेखन शेखर लामाले गरेका हुन्।

फिल्मकाे वितरण जिम्मा डिसिएन र रिच इन्टरटेनमेन्टले लिएको छ।

ट्रेलर :

प्रकाशित मिति: : 2023-05-24 18:53:00

प्रतिकृया दिनुहोस्