कोशी प्रदेशमा प्राङ्गारिक मल कति उत्पादन हुन्छ भन्नेबारे प्रदेशसँगै छैन तथ्याङ्क

रातोपाटी

अर्जुन आचार्य

विगत १० वर्षदेखि प्राङ्गारिक (कम्पोष्ट)मल बनाउँदै आएका मोरङ, बुढीगंगा–२ का राजुकुमार खड्काको हातमा प्रायः गोबर नै हुन्छ । मल निर्माणका क्रममा क्यारेट उचाल्दाका चोट उनको खुट्टामा छन् ।

सडकमा फालिएका कुहिने फोहोर देखे उनी बोकेर ल्याउँछन् । कुहिने प्रजातिका केराको दाम्चा, जलकुम्भीजस्ता कुहिने वस्तु जहाँ भेटे पनि सिटी रिक्सामा वा आफैँ बोकेर ल्याउँछन् र कुहाउँछन् । अत्याधिक शारीरिक श्रमका कारण उनको शरीर पनि ख्याउटे छ । तर, उनको सोच र सन्तुष्टि भने अतुलनीय छ । त्यसको एउटै कारण हो आम्दानी ।

प्रकाशित मिति: : 2023-05-18 07:02:00

प्रतिकृया दिनुहोस्