चर्चित गायक प्रकाश सपुतको केहि साताअघि सार्वजनिक गीत ‘सकम्बरी’ ले सार्वजनिक भएको ७ दिनमै १ करोड भ्युज युट्युबमा प्राप्त गरेको थियो ,भने हालै सार्वजनिकको २५ दिन पुग्दैगर्दा २५ मिलियन भ्युज युट्युबमा प्राप्त गरेको छ।
भिडियो सार्वजनिक भएको केही घण्टा पश्चात् नै युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको भिडियो लामो समयसम्म ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको थियो। यो समाचार तयार गर्दैगर्दा समेत युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ।
नेपाली म्युजिक भिडियोको इतिहासमा छोटो अवधिमा ट्रेन्डिङको अग्रभागमै रहेर युट्युबमा यतिधेरै भ्युज पाउने यो भिडियोले पहिलो रेकर्ड बनाएको छ भन्न सकिन्छ।
विवादको बिचमै सकम्बरीले यो समाचार तयार गर्दै गर्दा २ करोड ५३ लाख ८ सय भ्युज प्राप्त गरेको छ भने नजिक लाईक पाएको छ भने ५ लाख ३० हजार भन्दा बढी भिडियोको कमेन्ट सेक्सनमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।