बलिउड अभिनेता सनी देओलका छोरा करण देओल विवाह बन्धनमा बाँधिने भएका छन्।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उनले दृशा रायसँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह अर्को महिना हुने बताइएको छ तर देओल परिवारले विवाहबारे केही बताएका छैनन्।
करण र दृशाको गतवर्ष नै इन्गेजमेन्ट भएको खबर बाहिरिएको थियो। करणको म्यानेजरले उक्त खबर झुटो भएको बताएका थिए।