गोरखापत्र
कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता हुने गर्छ । विश्व मञ्चमा शक्ति, स्रोत, आर्थिक सक्षमता र शासकीय चातुर्यताको प्रभुत्व रहेको छ । विश्वको प्रभावबाट सकारात्मक लाभ प्राप्त गर्न अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा रहेको हुन्छ । मित्र देश र विश्व समुदायसँंग सम्बन्ध बढाइ आफ्नो देशको हित प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो । विश्वव्यापीकरणको सिद्धान्तले पनि विश्व समुदायसँग समाहित भई लागत लाभका आधारमा आर्थिक लाभ प्राप्त गर्न दबाब दिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषण गर्दा पाँच स (सम्बन्ध, सम्पर्क, स्वार्थ, सन्तुलन र सञ्चार) को आधारबाट हेर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धका लागि प्रस्तुत आधारको विश्लेषण गरी प्राप्त निचोडको कार्यान्वयनबाट मात्र सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । भूगोल, राजनीतिक अवस्था, आर्थिक प्रभाव र सामाजिक एवं सांस्कृतिक सम्बन्धको सौहार्दतासहित असल सम्बन्ध स्थापित गर्न अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था, अवसर र चुनौतीका बारेमा मन्थन गर्न खोजिएको छ । भगवान् रामको विवाह राजा जनककी छोरी सीतासँग हुनु भृकुटीको विवाह तिब्बतमा हुनु अन्तर्राष्ट्रिय सम्बन्धका प्रयाय भन्न सकिन्छ । राणा शासनदेखि हालसम्मको अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था केही अपवादबाहेक सङ्ख्यात्मक रूपमा सकारात्मक नै रहेको पाइन्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पञ्चशील सिद्धान्त र असंग्लन वा तटस्थ भूमिकामा छ ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया