डाेल्पामा छायांकन गरिएको ‘बैरागी’ सार्वजनिक

हिमाली जिल्ला डाेल्पामा छायांकन गरिएको म्युजिक भिडियो  ‘बैरागी’  सार्वजनिक भएको छ।

एच.बि.आर कला केन्द्रकाे ब्यानरमा निर्माण गरिएको ‘बैरागी’ नामकाे म्युजिक भिडियो शुक्रबार शान्तिश्री परियारकाे युट्युब च्यानलबाट सार्वजनिक भएको हाे।

उक्त भिडियो जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ मा पर्ने चुँ गाउँमा छायांकन गरिएको थियाे।

देशका ग्रामीण भेगमा व्याप्त महिला हिंसाकाे बिषयलाई लिएर निर्माण गरिएको भिडियोमा सुरबिना कार्की,वसन्त उदास,एन्जिला पन्थी,सुप्रभा गाैतम लगायतका कलाकारकाे अभिनय रहेको छ।

गीतमा स्वर भने शान्तिश्री परियारले दिएकी छन्। भिडियोकाे निर्माण हरि पन्थीले गरेका हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।

सात लाख लगानीमा उक्त भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति: : 2023-04-28 18:42:00

प्रतिकृया दिनुहोस्