लथालिंग देशको भताभुंग चाला !

देशसञ्चार

काठमाडौं
File Photo
File Photo

दक्षिण एसियामा शान्त र सुन्दरभूमि देश नेपाल २०१७ सालदेखि ०४६ सम्म आइपुग्दा आफ्नै हावापानी र माटो सुहाउँदो शासन प्रणालीमा रमाउँदै मजबुद राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वतन्त्रता सुरक्षित बनाउँदै विकास र आर्थिक रुपमा समेत उल्लेख्य सुधारोन्मुख बाटोमा हिँडाउँदै कम विकसित मुलुकको परिचयबाट उम्कन सन् २००० सम्म दक्षिण एशियाली मापदण्डमा छिर्ने सदिच्छासहित अगाडि बढ्दै गरेको नेपाल दक्षिण पश्चिमी साम्राज्यवादी र विस्तारवादी स्वार्थपूर्ण रणनीतिले भित्र्याइदिएको आन्दोलन र मुद्दाले गर्दा आज नेपाल भन्ने देश अस्तित्व बचाउको अन्तिम लडाइँ लडिरहेको छ।

यस्तो अवस्थामा न मुलुकको स्थायी सरकार मानिने निजामती निकाय साझा छ, न शान्ति सुरक्षा र अमनचयनको जिम्मा लिएको सुरक्षा अंग साझा छ, न न्यायालय साझा छ र न त राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगत नै साझा छ।

प्रकाशित मिति: : 2023-04-27 05:57:00

प्रतिकृया दिनुहोस्