भारतमा बढ्न थाले कोभिडका बिरामी

बिएल संवाददाता

नयाँदिल्ली
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। 

मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन्। 

मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए। 

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन्भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2023-04-26 19:37:00

प्रतिकृया दिनुहोस्