प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राजनीतिमा चुप लागेर बस्न सक्ने पात्र होइनन्। सत्तामा रहँदा होस् वा बाहिर हुँदा नै किन नहोस्, सत्ता र शक्तिमा सक्रिय हुन रुचाउँछन् उनी।
अहिले राजनीतिमा मार्गचित्र प्रष्ट भएका र चतुर खेलाडीको रुपमा पनि ओलीको चित्रण हुने गरेको छ। प्रतिनिधिसभा सदस्य उपचुनावमा पनि ओलीले कांग्रेस–माओवादीको सरकारको विपक्षमा रहेका दल र नेतालाई आफूतिर तान्ने प्रयास गरेका छन्।
चितवन २, तनहुँ १ र बारा २ को उपचुनावमा ओलीले सत्ता बाहिर रहेका दललाई सहयोग गरेको देखिएको छ। पार्टीमा एकल निर्णय गर्ने ओलीको प्रवृति राष्ट्रिय राजनीतिमा पनि हाबी हुन खोजेको बेलाबखत झल्किन्छ।