‘ब्युटिसियन’ बन्न जुम ब्युटी एकेडेमीमा जोडिएका विदेशी नागरिक (भिडियोसहित)

भुटानकी निरु रिजाल ब्यूटीसियन बन्न चाहन्छिन्। त्यसैले उनी ब्यूटी सम्बन्धिका विभिन्न तालिम सिक्न नेपाल आइन्। 

उनले काठमाडौंमा रहेका विभिन्न ब्यूटी एकेडेमी ध्याउन थालिन्। तर उनले बाँसबारीमा रहेको जुम ब्यूटी एकेडेमी रोजिन्। उनी ६ महिनादेखि ब्यूटीको तालिम लिइरहेकी छिन्। 

रिजाल भन्छिन्, ‘मलाई जुम ब्यूटी एकेडेमी नेपालकै गुणस्तरीय एकेडेमी लाग्यो। जहाँ मैले चाहेको कुरा सुक्न पाइरहेकी छु।’ 

तालिम लिनका लागि भुटानबाट नेपाल आएर जुममा सिक्न पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछिन्। 

‘यहाँको वातावतरण राम्रो छ, समय पनि मिल्छ। त्यसैले ब्यूटीसियन बन्न चाहनेहरुलाई जुममा आउन अनुरोध गर्दछु’ उनले भनिन्, ‘यहाँ समयको कुनै समस्या छैन।’

जुमबाट लिएको सीपलाई भुटानमा सदुप्रयोग गर्न चाहने निरू ब्यूटीसियन बनेर आत्मनिर्भर बन्न चाहन्छिन्। 

त्यसैगरी ब्यूटीसियन बन्ने सपना देखेकी इण्डियाकी दिपा ढकाल पनि जुम ब्यूटी एकेडेमीमा छिन्। आत्मनिर्भर बन्नका लागि आफू ब्यूटी क्षेत्रमा लागेको उनले बताइन्।

काठमाडौंको आधिकांश ब्यूटी एकेडेमी घुमिसकेकी उनी सामाजिक सञ्जालमार्फत जुमको शाखा बाँसबारी आइपुगेकी हुन्।

सुरुवाती दिनहरुमा जुममा तालिम सिक्न डराइरहेकी उनी अहिले जुममा खुसी छिन्। भन्छिन्, ‘यहाँको सर म्यामहरुको व्यवहार राम्रो छ। उहाँहरुले सिकाउनु भएको काम मलाई मनपर्छ, यहाँ वातावरण पनि राम्रो छ। त्यसैले म यहाँ तालिम लिन पाउँदा धेरै खुसी छु।’ 

१० वटा शाखा रहेको जुम ब्यूटी एकेडेमीले राम्रो तालिम सिकाएर सक्षम बनाउने उनको विश्वास छ। ‘ब्यूटीसियन बन्ने उद्देश्य लिएकाहरुका लागि जुम ब्यूटी एकेडेमी बेस्ट एकेडेमी हो’ उनले बताइन्। 

प्रकाशित मिति: : 2023-04-23 19:00:00

प्रतिकृया दिनुहोस्