भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजाय लज्जास्पद

जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले सोमबार विपक्षी नेता भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजायलाई 'लज्जास्पद र फासीवादी' भनी निन्दा गरेका छन्। 

'आज भ्लादिमिर कारा–मुर्जाविरुद्ध सुनाइएको सजायबाट म अत्यन्तै आक्रोशित छु,' नाभाल्नीले आफ्नो टोलीले जारी गरेको अडियो टिप्पणीमा भनेका छन्। 'म यसलाई गैरकानुनी, निर्लज्ज र केवल फासीवादी कदम ठान्छु' उनले टिप्पणी गरेका छन्।
 

प्रकाशित मिति: : 2023-04-18 06:01:00

प्रतिकृया दिनुहोस्