रास्वपाका उपसभापति अर्याललाई ‘प्रवासी नेपाली’हरूले बैङ्ग्लोरमा गरे भव्य स्वागत

राज राेकाया

बैङ्ग्लोर

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्व—श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डी.पी. अर्याललाई भारतमा भव्य स्वागत गरिएको छ।

प्रवास नेपाली सम्पर्क विभाग भारतको केन्द्रीय समिति घोषणा—सभा तथा नयाँवर्ष २०८० को शुभकामना आदान—प्रदान कार्यक्रममा भाग लिन शनिबार बैङ्ग्लोर आएका पूर्वमन्त्री अर्याललाई प्रवासी नेपालीहरूले स्वागत गरेका हुन्।

प्रवासी नेपालीहरूको बाक्लो जमघट हुने समारोहको सबै तयारी पूरा भएको प्रवास नेपाली सम्पर्क विभाग भारतका केन्द्रीय सभापति सुवास पन्थीले जानकारी दिएका छन्। सांसदसमेत रहेका अर्याललाई विमानस्थलमा स्वागत गर्नका लागि सभापति पन्थीसहित प्रवास नेपाली सम्पर्क विभाग भारतका अन्य पदाधिकारी तथा सदस्यहरू सहभागी थिए।

‘परिवर्तनमा तपाई हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता’ भन्ने मूल नाराका साथ भोलि आइतबार भारत प्रवासकाे केन्द्रीय समिति घोषणा हुँदैछ। भारतभर छरिएर रहेका लाखौँ प्रवासी नेपालीहरूले देश परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेलाई समर्थन गर्नुपर्ने प्रवास नेपाली सम्पर्क विभागका नेताहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2023-04-15 22:00:00

प्रतिकृया दिनुहोस्