अदुरदर्शिताकै कारण राज्यकोषकाे दुरुपयोग हुन्छ

भनिन्छ, संघीय गणतन्त्रको सुनाैलाे पक्ष भनेकै जनताकाे घरदैलाेमा सिहंदरबारकाे झझल्को आउनु हाे। जसले श्राेत र साधनको सहज उपयोग गर्न पाउने वातावरण बनाउँछ।

तर संविधानकाे मर्म बमोजिमकाे जनप्रतिनिधिहरूमा याेग्यता र सक्षमतामा अभाव भएकाे पाइएकाे छ। देशको स्थायी सरकार भनेको कर्मचारीतन्त्रकाे अदुरदर्शी साेचकै कारण धेरैजसो पालिकामा रकमकाे दुरुपयोग भएको पाइन्छ। जसकाे प्रत्यक्ष उदाहरण भनेकै वनजगंलहरुमा बाटो बनाउनु हाे।

यसले दराे गरी बसेकाे जमिन कमजोर भएकाे छ भने जंगल विनाश हुँदै गएकाे छ। जसका कारण गत असाेजकाे भिषण आकाशे झरीकै कारण जुम्लाका हजाराैं हेक्टर खेतीयाेग्य जमिनहरू बगरमा परिणत भयाे। लाखौं टन अन्न बालीहरू नदीले पुरेका कारण खेर गयाे।

लाेककथामा दुधकाे पाेखरी बनाउन खाेज्दा पानीको पाेखरी बनेको सुनेका छाैं। एउटा सन्की शासकले पानीको पाेखरी जतासुकै हुन्छ तर दुधकाे पाेखरी बनाउन खाेज्दा असफल भए। उस्तै हाल तत्कालीन कर्णाली अञ्चलकाे सदरमुकामस्थित चन्दननाथ नगरपालिकाकाे वडा नम्बर ५ खलंगा बजारमा ढुंगा बिछ्याउने याेजना गर्दै गरेको भन्ने सुन्दा सन्की शासकको झझल्को आयाे।

जुम्ला बजारको एउटामात्र बजार जहाँ ठुलाठुला मालबाहक गाडीहरू बजारमा आउँछन्। जुन बाटाे अस्पतालसहितको विभिन्न गाउँहरूमा जाने मुख्य मार्ग हाे। जहाँ यातायात तथा मालबाहक गाडी आवतजावतमा राेक लगाउन सम्भव छैन।

हलाे काटी मुडो, मुडो काटी हलाे भन्ने उखान बमोजिम पहिला ढुगां बिच्छ्याइएकाेमा उक्त संरचना ध्वस्त पारी कालाेपत्रे गरियो। जुन हाल पनि छँदैछ। तर, अहिले आएर कालाेपत्रे हटाएर पुनः ढुगां बिच्छाउने भवन डिभिजन कार्यालय जुम्लाको याेजना रहेको बुझिएकाे छ। याे आफैँमा गलत छ।

नेपाल जस्तो गरिब देश जहाँका जनताले विकासका नाममा बाटो र खानेपानी नपाएको अवस्थामा लाखौंलाखकाे लगानीमा बनेको बजारकाे कालाेपत्रेलाई भत्काउने याेजना गर्नु कतिकाे सहि हाे?

जनतालाई ऋणकाे भारी बाेकाउनु र आर्थिक स्राेतकाे दुरुपयोग गर्नु भन्दा कालाेपत्रेलाई मर्मत सम्भार गर्नु उचित छ। बचेको रकमलाई गत २०७९ असाेजकाे भिषण वर्षाले क्षतविक्षत पार्दा १० जनाले अकालमा मृत्यु भयाे। ९ दर्जनभन्दा बढी सिँचाइ कुलो बगेका छन्। छ सय पाँच वटा घर पूर्ण रुपमा क्षति भएका छन्। १९ सय घर आशिंक क्षति भएका छन्।

सयाैं हेक्टरकाे उब्जनीका साथै खेतीयोग्य जमिन बगर बनेका छन्।  पूनःस्थापित गर्न अहिलेकाे आवश्यकता हाे। खेतीयोग्य जमिनले सिचाइ पाउन सकेका छैनन्। सुख्खा पाेखरी बनाउनु र अर्थहीन सडक निर्माणभन्दा अत्यावश्यक विकास कार्यमा लगाउनु नै बुद्धिमता हुन्छ।

कर्मचारीतन्त्र र जनप्रतिनिधिहरूकाे अदुरदर्शिता कै कारण विपन्न मुलुकका जनतामाथि माझ शक्तिको आडमा मनपरि गर्नु पनि राज्यको काेषकाे दुरुपयोग हाे कि!

प्रकाशित मिति: : 2023-04-14 15:02:00

प्रतिकृया दिनुहोस्