बिएल संवाददाता
‘मेडिकल माफिया’ दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ। उनलाई रास्वपाबाट निलम्बन गर्दै २४ घण्टाभित्र लिखित् स्पष्टीकरण बुझाउन निर्देशन दिएको महामन्त्री मुकुल ढकालले जनाएका छन्।
सांसद ढाकाकुमारले घुस मागेको घटनाप्रति रास्वपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यसबारे छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउन पनि केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ।
तर, निलम्बित सांसद ढाकाकुमारले सामाजिक सञ्जाल र आम-मिडियामा सुनिएको आवाज आफ्नो नभएको बताएका छन्। पावरमा बसिरहँन खाेज्ने पुराना पार्टीहरूले आफूलाई फसाउन खाेजेकाे उनकाे आराेप छ।
‘त्यो मेरो आवाज होइन। म दुर्गा प्रसाईं भन्ने मान्छे पनि चिन्दिनँ। म निर्दोष भएको थाहा पाइ–पाइ रविजी र मुकुलजीले मलाई निलम्बन गरेको पत्र पठाउनुभयो,’ उनले भने।
आफ्नो नाम जोडेर अहिले बाहिरिएको अडियोबारे सभापति रवि लामिछानेले पहिल्यै जानकार रहेको सांसद ढाकाकुमारले दाबी गरेका छन्।
‘हेर्नोस्, मलाई नराम्रो देखाउने काम पहिलेदेखि नै भइरहेको छ। सहकारीसँग पनि जोड्न खोजियो। अहिले फेरि यस्तो भनिँदैछ। यो विषयमा महामन्त्रीजी राम्रोसँग जानकार हुनुहुन्छ। तर, उहाँले जानीजानी मलाई निलम्बन गर्नुभयो,’ उनले भने, ‘मुकुलजी हेक्का होस्, अब मैले तपाईंको पोल खोल्न नपरोस्।’
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया