पेरिस ओलम्पिक महिला फुटबल एसियाली छनौटको पहिलो चरणको खेल खेल्न भियतनाम टोली नेपाल आइपुगेका छन्।
सोमबार भियतनाम टोली अपराहन्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। सो टोलीलाई अखिल नेपाल फुटबल सघं (एन्फा)का पदअधिकारीहरुले स्वागत गरे। नेपाल र भियानामले आगामी चैत्र २२ र २५ गते खेल्नेछन्।
दुवै खेल दशरथ रगंशालमा बेलुका ६ बजेबाट सुरु हुनेछ।