सनीराज शाक्य
ललितपुर महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न खेलाडीहरुलाई सम्मान गरेको छ।
सोमबार ललितपुर महानगर कार्यालयमा खेलाडीहरुलाई सम्मान गरिएकाे हाे। त्यसैगरी महानगरपालिका ए, बी र सी डिभिजन फुटबल क्लबहरुलाई समेत चेक हस्तारन्तरण गरिएकाे थियाे।
कार्यक्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मन्जली शाक्यलगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठकाे उपस्थिती रहेकाे थियाे।
नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका २२ जनालाई २० हजार, रजत पदक बिजेता १८ जनालाई १५ हजार र कास्य पदक १८ जना विजेतालाई १० हजार प्रदान गरिएको थियाे।
सोही कार्यक्रममा महानगरपालिकाले ए डिभिजन लिगका ६ वटा क्लबलाई ६ लाख, बी डिभिजवनको २ वटा क्लबलाई ३ लाख प्रदान गरेकाे थियाे भने सी डिभिजनको ४ वटा क्लबलाई २ लाख प्रदान गरिएकाे थियाे।
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया