ललितपुर महानगरपालिकाले गर्‍याे खेलाडीलाई सम्मान

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न खेलाडीहरुलाई  सम्मान गरेको छ।

सोमबार ललितपुर महानगर कार्यालयमा खेलाडीहरुलाई सम्मान गरिएकाे हाे। त्यसैगरी महानगरपालिका ए, बी र सी डिभिजन फुटबल क्लबहरुलाई समेत चेक हस्तारन्तरण गरिएकाे थियाे।

कार्यक्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मन्जली शाक्यलगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठकाे उपस्थिती रहेकाे थियाे।

नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका २२ जनालाई २० हजार,  रजत पदक बिजेता १८ जनालाई  १५ हजार र  कास्य पदक १८ जना विजेतालाई १० हजार प्रदान गरिएको थियाे।

सोही कार्यक्रममा महानगरपालिकाले ए डिभिजन लिगका ६ वटा क्लबलाई ६ लाख, बी डिभिजवनको २ वटा क्लबलाई ३ लाख प्रदान गरेकाे थियाे भने सी डिभिजनको ४ वटा क्लबलाई २ लाख प्रदान गरिएकाे थियाे। 

 

प्रकाशित मिति: : 2023-04-03 15:29:00

प्रतिकृया दिनुहोस्