होटल पौवा: सय ठाउँबाट तिक्खर नेपाली स्वाद र सत्कार पस्किँदै

यहाँको सुन्दरताले मात्रै धेरैको ध्यान तानेको होइन पर्यटकीय नगरी पोखराले। यहाँको जीवनशैलीदेखि रेष्टुराँका स्वाद पनि पोखराको सिग्नेचर हुन्। घुमफिरमा रुचि हुनेहरु त पोखरा पुगिरहेकै हुन्छन्।

विकेन्ड मनाउने होस् या कुनै बहानामा मुड फ्रेस गर्नकै लागि पोखरा पुग्नेहरु पनि उत्तिकै छन्। पोखरा आउने धेरैथरि मान्छेको विभिन्न रुचि ध्यानमा राखेर रिफ्रेसमेन्टका लागि मनोरञ्जन, साहसिक खेलदेखि जिब्रो रसाइरहने स्वाद कसरी पस्किने होला ? भन्ने ध्याउन्नमा यहाँका व्यवसायी छन्।

अतिथिका यी र यस्ता आंकाक्षा ध्यानमा राखेर हालै ‘होटल पौवा’ले पोखराले आउटलेट थालेको छ। स्थापनादेखि रैथाने खानाको तिक्खर स्वाद चखाउने र खास्साको नेपाली सत्कार दिलाउने उद्घोषसहित सुरु भएको ‘पौवा’ले आफूलाई ‘स्वाद र संस्कृति’को फ्युजन दाबी गर्दै आइरहेको छ।

होटल पौवाका सिइओ कृष्ण गौतम नेपालमा हस्पिटालिटी इन्डस्ट्रीकाे सय ठाउँबाट सेवा दिने उद्देश्य बोकेर ‘पौवा’ अगाडि बढेको बताउँछन्। पछिल्लो पोखरासहित ‘पौवा’का १२ आउटलेट अहिले सञ्चालना छन्।

‘११औँ ठाउँबाट कम्प्लिट सेवा दिइरहेका छौँ भने काठमाडौँमा गौशालाबाट यही वैशाखदेखि त्यहाँ पनि सुरुआत गर्न खोज्दै छौँ,’ गौतम भन्छन्, ‘यो पौवा सुरु भएको पनि धेरै लामो समय पनि भएको छैन। सात वर्ष जस्तो भयो, सात वर्षमा हामीले यहाँसम्म ल्यायौँ। यसलाई १ सय ठाउँमा विस्तार गर्ने भनेर हामी लागिपरेका छौँ।’
जुम्ला, धनगढी, भालुवाङ, लमही, घोराही, गोरुसिंगे, बुटवल, भैरहवा, पाल्पाको तानसेन, गुल्मीाको रेसुङ्गा, पोखराबाट ‘होटल पौवा’ले सर्भिस दिइरहेको छ। वैशाखबाट काठमाडौँमा सुरुआत भए लगत्तै नेपालगञ्जमा पनि जग्गाको काम मोटामोटी फाइनल भइसकेको उनले सुनाए। ‘अन्य ठाउँमा पनि हामीले प्रपटीका लागि हेरिरहेका छौँ। जहाँ उपयुक्त हुन्छ त्यहाँ जाने योजनामा बनाउँदै शाखा विस्तार पनि गरिरहेका छौँ,’ गौतमले भने।

पोखरा शाखा विस्तार विशेष चैत १०, ११ र १२ गते पोखरामा ‘फुड टेस्ट’ कार्यक्रम राखिएको थियो। जसमा नेपालभरका ‘होटल पौवा’का शाखाले आफ्नो ‘रेसीपी’ पस्केका थिए। सबै शाखाबाट सेफ र म्यानेजरले आ- आफ्नो शाखाको प्रतिनिधित्व गरेर आएका थिए।

‘पौवा’को फैंलदो आकार

‘होटल पौवा’को सुरुआत सालझण्डीबाट भयो। सुरुमा सालझण्डीमा सुरु हुँदा अरु नै केही नामबाट सुरु भएको थियो। ‘पछि, हाम्रो ठुलो विस्तार हुँदै आएपछि ‘पौवा’ ट्रेडमार्क बनाऔँ भनेर हामी लागिपरेका छौँ। त्यो ब्रान्च हामीले रेसुङ्गा सार्‍यौँ,’ गौतम भन्छन्, ‘अफसोच ! जहाँबाट हामी सुरु भएका थियौँ। त्यहाँ हाम्रो शाखा भने अहिले छैन।’

रेसङ्गापछि दोस्रो शाखा दाङको लमहीमा सुरु भयो। भैरहवामा ‘पौवा’को रिसोर्ट नै छ। लगभग ५० कट्ठा जग्गामा फैलिएको ‘पौवा’ भैरहवा एयरपोर्टदेखि नजिकै छ। भैरहवापछि गोरुसिंगे लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सुरु भयो। भालुवाङमा जग्गा किनिसकेपछि जुम्लामा सुरु भयो।

बुटवल सातौँ ब्रान्च हो। बुटवल सकिइसकेपछि पाल्पा, पाल्पापछि पहिलो ब्रान्चलाई रेसुङ्गा सिफ्ट भयो। दशौँ ब्रान्च धनगढीमा सुरु भइसकेपछि ११औँ शाखा पोखरामा सञ्चालनमा आयो।

१२औँ शाखाका रुपमा वैशाखदेखि काठमाडौँमा खुल्दैछ। ‘विस्तारै अरु पनि थप्दै-थप्दै जाने। नेपालभर हाम्रो पाँच सयको हाराहारीमा कर्मचारीहरु हुनुहुन्छ। काठमाडौँको प्रपटी जोड्दा ५ सय ५० सम्म पुग्नुहुन्छ,’ गौतम भन्छन्, ‘प्रत्यक्ष रुपमा यतिलाई रोजगारी दिएका छौँ।अरु अप्रत्यक्ष रुपमा दिने रोजगारी त छँदै छ।’

रैथाने स्वाद र संस्कृति पौवाको ‘सिग्नेचर’

पौवा खुल्नुको खास उद्देश्य भनेको नेपाली हस्पिटालिटी पस्कनु हो। ‘पौवा सुरु गरेकै यसैका लागि हो। यसमा जति पनि हाम्रो लुकेका सांस्कृति माघी मनाउने, लुकेका भजन, शिवरात्रीमा भजन कृति, शिवपार्वती बनाउने,’ उनी भन्छनु, ‘ट्रेडिसनल फुड जति पनि छन्। तिनलाई प्रमोसन गर्ने। ती फुडबाट प्रतिनिधित्व गर्ने गरेर सञ्चालन गर्न खोज्यौँ।’


टिपिकल नेपाली टेस्टसँगै इन्डियन, चाइनिज, कन्टिनेन्टलसँगै केही थाइ फुडहरु पनि पौवाले पस्कन्छ। ‘पौवा’ले विशुद्ध आफ्नै परिकार पनि पस्कन्छ। जस्तोः आलु पौवा, चिकन पौवा, मरौठी चिकन, पुदिन चिकन, डेजर्टमासुजाता खिर। रैथाने परिकार ढिक्रीजस्ता परिकार ‘पौवा’को मेनुमा छन्। ‘पौवा’को खास नेपाली अर्थ के होला ? तपाईंहरुमध्ये कतिलाई यस्तो पनि लाग्न सक्छ।
उहिले बाटोमा विश्राम गर्न पाटी, धर्मशाला, पौवा बनाइएका हुन्थे। हो, पौवा ठ्याक्कै, त्यसैको नाम हो। ‘लोगो’ हेर्ने हो भने नेपाली शैलीको घरको छानाजस्तो छ। जसले नेपाली आतिथ्यताको सदा झल्को दिन्छ।

इन्डियन संस्कृतिअनुसार पौवा क्वाटर हो। बुद्धिस्ट कल्चरमा पौवा ‘आर्ट’ हुन्छ। फेरि, थारु भाषामा काठको चप्पल ‘खर्रेउ’ भन्ने हुन्छ।

काम गर्दै लगानीकर्ता बन्न सकिने ‘मोडल’

‘पौवा’ले कामदारलाई काम गर्दै लगानीकर्ता बन्नसकिने ‘मोडल’समेत ल्याएको छ। लगानीकर्ता बन्न पाइने मोडलबारे गौतम भन्छन्, ‘आफू मात्र धनी हुने होइन, कर्मचारीहरुको पनि स्तर माथि उकास्ने गरेर लैजाने भनेर काम गरेका छौँ। हाम्रो यसमा काम गर्दा, कामदारहरुलाई पनि शेयर दिने योजना छ।’ यसमा तीन मोडल छ, उनी सविस्तार लगाउँछन्।

‘एउटा हन्ड्रेड प्रसेन्ट पौवा म्यानेजमेन्ट टिमले लगानी गर्छ। पौवाका जति लगानीकर्ता हुनुहुन्छ उहाँहरुले मात्रै लगानी गर्नुहुन्छ। अर्को पार्टनरसिप मोडल छ। यसमा कम्तीमा पनि ५१ प्रतिशत शेयर होटल पौवाले लिन्छ। ४९ प्रतिशत शेयर बाँड्छौँ। ४९ प्रतिशतमा कर्मचारी पनि हुनुहुन्छ। अर्को जुन मेन शेयर छ त्यसबाट हाम्रो शेयरलगानीकर्ता कसैले छोड्न चाहनुभयो छोड्नुभयो भने हाम्रै स्टाफले लगानी गरेर आउन सक्छ।’
तेस्रो म्यानेजमेन्ट मोडल कुनै प्रपटी विविध कारणले चलाउन नसकेको बसेको अवस्थामा त्यस्ता सम्पत्ति लिएर सञ्चालनमा ल्याउने हो। अहिले धनगढीमा सञ्चालित शाखा यही मोडलको हो। अरु ८, १० ठाउँमा पनि यस्तो मोडेलमा काम गर्ने तयारी भइरहेको उनले सुनाए।

खास्साको नेपाली स्वाद र संस्कृति

अघि पनि उल्लेख भइसकेको छ। पौवाको सिग्नेचर भनेकै नेपाली स्वाद र स्वागतको फ्युजन हो। नेपाली पोषाक दौरा सुरुवाल लगाएर कुनै सांस्कृतिक गाउँ पसेजस्तो महसुस हुन्छ पौवा छिर्दा। गौतम सुनाउँछन्,‘पोवाभित्र आउँदा घरभित्र सम्धी सम्धीको घरमा जाँदा जति मान मनितो हुन्छ, पहिलो पटक ज्वाइ ससुराली जाँदा जस्तो महसुस गर्छ। त्यस्तो खाले सेवा दिन्छौ हामी-पौवामा।’

कुनै पनि कस्टमरले ‘पौवा’मा बिताएको समय र तिरेको पैसा खेर नजाने गरी सेवा दिने गौतम दाबी गर्छन्।

नेपाली आतिथ्यता र परिकार पस्कने मात्र होइन अतिथिको सेक्युरीटीमा पनि उत्तिकै जिम्मेवार रहन्छ,पौवा। ‘सेक्युरिटी र सेफ्टी अन्यमा पनि हुने त भयो। तर, हाम्रोमा २४ आवर सर्भिस दिने मेडिकलका कुरा भए, गेस्टहरुलाई कुनै कुरामा अप्ठ्याराे नहुने गरेर सेवा दिन्छौँ,’ गौतम भन्छन्, ‘पोखरामा पाइने जति पनि फुडको स्वाद लिनुभएको छ। हाम्रो लिँदै गर्दा वेटर देखिएको छ। अर्को, हाम्रो बजेटको हिसाबले पनि काम गछौँ। कस्टमरको जस्तोखाले बजेट छ त्यही खाले प्याकेज छ।’

सस्तोदेखि महंगो रुम ‘पौवा’मा पाइने उनले सुनाए।

‘पौवा’को परिकल्पना ध्रब न्यौपानेले थालेका हुन्। यसअघि सिद्धार्थ कटेजको सिइओको जिम्मेवारीमा समेत रहिसकेका न्यौपाने ‘पैँचो पसल’का एमडी हुन्। उनकै परिकल्पनाअनुसार ‘पौवा’को सुरुआत भएको गौतम सुनाउँछन्। अहिलेको ‘पौवा’को बोर्ड ९ जनाको छ। कम्पनीको अध्यक्ष दुर्गाप्रसाद भण्डारी छन्। प्रबन्ध निर्देशक कृष्ण ज्ञवाली हुन् भने ब्राण्डिङ र मार्केटिङ कृष्ण ज्ञवालीले हेर्छन्।

हस्पिटालिटी क्षेत्रमा विज्ञता राख्ने सदस्यहरुले गर्दा ‘पौवा’ अहिलेको उचाइमा आइपुगेको उनी बताउँछन्।

पोखराको हस्पिटालिटीलाई नयाँ उचाए

आन्तरिक तथा बाह्य गेस्ट तार्गेट गरेर पोखराको शाखा विस्तार भएको छ। पोखरामा सुविधा सम्पन्न हल छन्। पौवामा सबै खाले गेस्ट भित्राउने योजना रहेको गौतम सुनाउँछन्। ‘यहाँ आउने गेस्टलाई आतिथ्यता कस्तो हुन्छ भन्ने महसुस गराउँछौँ। नेपाली कल्चर कस्तो हुनेछ भन्ने पनि हामीले महसुस गराउने छौँ,’ उनले भने, ‘पोखराको हस्पिटालिटी त यसै माथि पुग्ने नै भयो।’
अहिले भैरहवामा १९ रुम छन्। त्यहाँ १ सय पुर्‍याउने ‘पौवा’को लक्ष्य छ। यसैगरी, पाल्पामा २७, रेसुंगामा ११ छ। त्यहाँ ३५ रुम पुर्‍याइने उनले बताए। पोखरामा ३९ रुम, गोरुसिंगेमा ७, भालुवाङमा अहिले ३० रुम छन्। त्यसमा लगभग ५० थपिँदैछ। घोराहीमा १२ रुम छन्। त्यहाँ ३५ वटा थप्नुपर्ने देखिएको गौतमले सुनाए। लमहीमा ७ वटा छ। धनगढीमा ३५ रुम छ जुम्लामा २१ वटा रुम छन्। काठमाडौँमा ६२ वटा रुम छ।

प्रकाशित मिति: : 2023-04-05 14:00:00

प्रतिकृया दिनुहोस्