अन्नपूर्ण पोष्ट
मुलुकको समृद्धि र विकासका लागि नेताहरूको सोचमा कुनै सुधार आएको छैन। जस्तोसुकै राम्रो व्यवस्था आए पनि नेताहरूको सोच परिवर्तन नभएसम्म समृद्धि सम्भव छैन। देश र जनताप्रति नेताहरूमा समर्पणको भाव आयो भने जनतामा पनि ऊर्जा थपिन्छ। संघीय गणतन्त्र पनि आइसक्यो। अब व्यवस्था परिवर्तनका लागि आन्दोलनको आवश्यकता छैन। अब आवश्यकता छ त– देश बनाउने र देशको अवस्थामा परिवर्तन ल्याउने।
यतिबेला जनतामा चरम निराशा छ। एक सय जना सर्वसाधारणलाई देश बन्छ त ? भनेर सोध्यौ भने ‘बन्दैन’ भन्ने निराशाको जवाफ सुनिन्छ। नेताहरूले पनि देश बन्दैन भनेर निराशा फैलाइरहेका छन्। नेतामा नै देश बनाउने तत्परता छैन, उनीहरूमा नै निराशा छ, उनीहरूले ब्यक्त गरेका अभिव्यक्तिहरू निराशाजनक छन् भने जनतामा कसरी विश्वास जाग्नसक्छ ? नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित छन्। सत्ताका लागि जे पनि गरिदिने प्रवृत्ति नेतृत्वमा देखियो। आफूले सत्तामा पुग्नका लागि जनताको अभिमतको अनादर भयो। आफू सत्तामा पुग्न जुनसुकै हदसम्म पनि झर्ने प्रवृत्तिले नेताहरूप्रतिको जनविश्वास गुम्दै गएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया