ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्दै

बिएल संवाददाता

ब्रासिलिया
File Photo
File Photo

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन्।

उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गर्नुभएको थियो। उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति लुला अप्रिल ११ देखि १४ तारिखसम्म चीनमा रहनुहुने राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको हो।

जनवरीमा ब्राजिलको राष्ट्रपतिकोरूपमा सत्ता सम्हालेका ७७ वर्षीय बामपन्थी नेताको भ्रमण दुई देशबीचको राजनीतिक, आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत पार्न केन्द्रित रहने बताइएको छ। 

 भ्रमणले दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चिसिएको बेइजिङसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने विश्वास गरिएको छ। लुलाले ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग घनिष्ठ सम्बन्ध बनाउन चाहेको ब्राजिलका अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2023-04-01 06:50:00

प्रतिकृया दिनुहोस्