स्कुल बसमा छड्के चेकिङ : १६ चालकमाथि कारवाही 

ट्राफिक प्रहरीले उपत्यकाभरिका सडकमा चल्ने स्कुल बसमा निगरानी बढाएको छ।

विभिन्न स्थानमा बुधबार बिहान सडकमा विशेष चेकजाँच गरी १६ जना स्कुल बसका चालकलाई कारबाही गरेको छ।  

ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालकहरू कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। जसमा बसको अवस्था ठीक नराख्ने ८ जना र लापरवाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्।

स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा गरी स्कुल बस सञ्चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
 

प्रकाशित मिति: : 2023-03-29 18:14:00

प्रतिकृया दिनुहोस्