महिला ओलम्पिक फुटबलको छनोट खेल २२ र २५ गते हुने

महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको खेल यही चैत २२ र २५ गते हुने भएकाे छ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी चैत २२ र २५ गते नेपाल र भियतनामको राष्ट्रिय महिला टोली सम्मिलित छनोट खेलहरू सञ्चालन गर्न लागेको जनाएको हाे।

उक्त खेलमा नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल दशरथ रगंशालमा बेलुका ६ बजे हुनेछ।

एसियाका ७ वटा समूहमा विभाजित टिमबाट समूह विजेता दोश्रो चरणमा पुग्ने छन्। सो प्रतियोगिता खेल्नका लागि भियतनाम टोली चैत २० गते नेपाल आइपुग्ने छ। उक्त प्रतियोगितका लागि एन्फाले एमडीएसी स्पोर्टस प्रालिलाई मार्केटिङ र ब्रोडकास्टिङ अधिकार दिएको बताएको छ।

प्रकाशित मिति: : 2023-03-27 15:58:00

प्रतिकृया दिनुहोस्