बिएल संवाददाता
जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ।
सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीब्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए।
उक्त टोलीले मस्तिष्कमा क्षति पुर्याएको हुन सक्ने कुनै पनि अवस्था भएका ३१ जना बिरामीको अध्ययन गरेको थियो। ती ३१ जना बालबालिकामध्ये १९ जना पूर्ण रुपमा निको भए, तर तीमध्ये चार जना निको भएनन् र अन्य आठ जनामा समस्या देखिएको छ।
आठजनामध्ये पाँच जनालाई गम्भीर नकारात्मक असर देखिएको र बेहोस भएको बताइएको छ।
सर्वेक्षणका अनुसार लगभग आधा बिरामीमा भएको वेहोस, चेतनामा ह्रास आउनु र बोली वा व्यवहारमा आएको परिवर्तन मुख्य प्रारम्भिक लक्षणहरू थिए।
सन् २०२२ को जनवरी वा त्यसपछि ओमिक्रन कोरोना भाइरसको लहर सामान्य भएपछि अधिकांश व्यक्तिले तीव्र तीब्र असन्तुलनको अनुभव गरेका थिए।
सन् २०२२ भन्दा अघि र पछि मस्तिष्कमा लक्षण देखिएका कोभिड–१९ सङ्क्रमण भएका बालबालिकाको अनुपातमा भने कुनै उल्लेखनीय भिन्नता नदेखिएको र ओमिक्रनले मस्तिष्कको रोगलाई प्रकट हुने सम्भावना बढी बनाएको हुन सक्ने अध्ययनले देखाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया