लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीको दाबी पेश

लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन्।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएलगत्तै आइतबार ८ दलको समर्थनमा कांग्रेसका चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।

उनले ५३ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन पेश गरेका हुन्।

लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसद रहेका छन्। बहुमतका लागि ४४ मत आवश्यक पर्छ।

नेकपा एमालेका लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरू आइतबार मात्रै सरकारबाट बाहिरिएकाे थियाे। यससंगै लुम्बिनीका मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन्।

प्रकाशित मिति: : 2023-03-26 15:54:00

प्रतिकृया दिनुहोस्